ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ, फागुन ४ गते । घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उहाँलाई बचाउन चन्द्र गुग्नुभएको थियो ।