पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ —  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Shivam Cement

जग्गा अपचलनमा नेपालको संलग्नता देखिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो। मन्त्रिपरिषदको नीतिगत निर्णयमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्था रहे पनि व्यक्तिगत संलग्नता देखाएर मुद्दा दर्ता भएको हो।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ। अख्तियारले विगो सहित सबै व्यहोरा खुलाएर प्रेश विज्ञप्ति जारी गर्ने तयारी गर्दै छ ।