सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव

काठमाडौँ —प्रतिनिधि सभा सांसद राजेन्द्र पाण्डेले उच्च पदस्थ कर्मचारीको दबाबमा सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड हटाउन लागेको भन्दै त्यसको विरोध गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभामा बोल्दै सांसद पाण्डेले नयाँ संविधान जारी भएसँगै झन्डै ७५ हजारको सङ्ख्यामा रहेका निजामती कर्मचारीको समस्या समाधान गर्नेगरी आएको विधेयक बल्ल आएपनि कुलिङ पिरियड हटाउन भएको प्रयासबाट सरकार डराउनु नहुने बताए ।

Shivam Cement

‘त्यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरेका छौ । यो हाउसमा आइसकेको छ । केही समययता उच्च पदस्थ केही कर्मचारीले सम्माननीय प्रधानमन्त्रीसँग गएर दवाब दिएर कुलिङ पिरियड हटाउन खारेज गराउन संयुक्त राजीनामा दिन्छौ भनेर धम्की दिएको सुनेका छौ’, उनले भने, ‘सरकारले यसमा खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले जिम्मेवारी पाउँछन् । धम्कीकाका भरमा नीति निर्माण गर्नुहुँदैन ।’