भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, हत्यापछि आफैँले गरे प्रहरीलाई खबर

काठमाडौँ — भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ ।  भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई) ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Shivam Cement

राईले  सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।

अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।