प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सिमकोटमा चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै

‎‎सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।

‎‎यो उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिनेछ।

‎‎यस ऐतिहासिक अवसरका लागि प्रधानमन्त्री ओली आज हुम्ला पुगेका हुन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयका अनुसार, प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

‎यद्यपि मौसमको समस्याका कारण तलमाथि हुन सक्ने उनले बताए। ‎‎हुम्ला यात्राबारे उत्साह व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले ‎यो सडकको रणनीतिक महत्त्वबारे प्रकाश पारेका छन्।

Shivam Cement

‎उनले सामाजिक सञ्जालमा भनेका छन् भने, ‘आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ।’

‎ यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भई हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुङ्गिन्छ।  ‎‎४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुऱ्याउनेछ।