प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर हुने

काठमाडौं — संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हाे।

बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन्।

Shivam Cement

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।