‘एनजिओ–आइएनजिओ माथि निगरानी बढाउनुपर्छ’

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन्।

मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए।

Shivam Cement

उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याए।

राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए।

‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन्। माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन्,’ उनले भने।