सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै अनुसन्धान गर्नुपर्छ भन्ने कांग्रेसका सांसद शर्मा पक्राउ

काठमाडौं, साउन २५ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पर्नुभएको छ । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका दिनुभयो ।

प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिनुभएको छ । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् ।

शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाउनुभएको छ । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।