बाजुरामा भुकम्पले घर भत्कियो, मानवीय क्षेति भने भएन

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ सिडारीमा भुकम्पले एक घर भत्किएको छ । अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको थियो ।

भूकम्पले सिडारीका करविरे ल्वारको घर भत्किएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । मानवीय क्षति भने भएको छैन्, उहाँले भने, माल समान च्याप्पीएको छ , क्षेतिको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।