उच्च मूल्यमा कारोबार भएको सुन आइतबार ४ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा पुगेको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

सुनको मूल्यमा आएको यो गिरावट पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरूको भनाइ छ ।