काठमाडौं – सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै स्थानीय बजारमा पनि मूल्य क्रमशः बढ्ने क्रममा रहेको व्यवसायीहरूले बताएका छन्।



