काठमाडौं – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार आयोगले उक्त पार्टीलाई आज (आइतबार) औपचारिक रूपमा दल दर्ता प्रमाणपत्र दिएको हो ।
आयोगका अनुसार हालैको ‘जेन जी आन्दोलन’ पछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन दिएका थिए । तीमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो। हाल आयोगमा १२५ राजनीतिक दल दर्ता छन् ।
दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि प्रमुख हर्क साम्पाङले २८ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी दिँदै भने, “हामी देशका लागि काम गरेर देखाउँछौँ। देश र जनताप्रति हामी इमानदार छौँ ।”



