बूढानीलकण्ठका मेयरको घर तोडफोड आरोपमा दुई युवती पक्राउ

काठमाडौं, — जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरी हाल प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

इलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ–१० गैरीगाउँमा बस्दै आएकी निशा र गुल्मीको हस्तिचौर गाउँपालिका–२ निवासी आयुषालाई तोडफोडमा संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन तथा तोडफोडका घटना भएका थिए । त्यस क्रममा मेयर अधिकारीको घरसमेत लक्षित भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।