आज देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले जारी गरेको आजको मौसम बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ ।