४३ कर्मचारीको सरुवा हुँदा १३ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार (कात्तिक २५ गते) सचिवस्तरीय निर्णयमार्फत सरुवा कार्य सम्पन्न गरेको हो ।

मन्त्रालयद्वारा प्रकाशित सरुवा सूचीअनुसार उपसचिव र शाखा अधिकृत गरेर १३ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ । तीमध्ये ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको हो ।

त्यसैगरी, हाल विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका १९ जना कर्मचारीलाई अन्य निकाय वा कार्यालयमा सरुवा गरिएको छ ।
मन्त्रालयका अनुसार बाँकी कर्मचारीहरूलाई आवश्यकताअनुसार अन्य संघीय निकाय र कार्यालयहरूमा पदस्थापन गरिएको छ ।