राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै

काठमाडौँ, फागुन ८ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उहाँले बताउनुभयो । “राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्याण्डेड’ लिन खोज्नुभएको हो”, उहाँले भन्नुभयो, “बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लािग मनोनयन तोकिएको छ ।