काठमाडौँ — अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वय प्रभावकारी बनाउन नयाँ फोकल युनिट स्थापना गरेको छ। यस युनिट अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत सञ्चालन हुनेछ ।
स्थापित फोकल युनिटले विदेशी लगानीकर्ताका लागि सहजीकरण, आवश्यक समन्वय र अन्य मन्त्रालय तथा निकायसँगको समन्वय सुदृढ गर्ने कार्यमा केन्द्रित हुनेछ । यसमार्फत विदेशी लगानीकर्तासँग अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध भएका बैंकिङ र राजस्वसम्बन्धी विषयहरूमा आवश्यक सहयोग र समन्वय प्रदान गरिनेछ ।
अर्थ मन्त्रालयले यो पहलले विदेशी लगानी प्रवद्र्धन र लगानी वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा राखेको जनाएको छ ।



