काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन मङ्गलबारको तुलनामा २ हजार ८०० रुपैयाँ बढी हो। चाँदीको मूल्य पनि प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको छ, जसमा ६० रुपैयाँको वृद्धिदेखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक औँसमा ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यस उतारचढावले स्थानीय बजारमा मूल्य बढ्ने प्रमुख कारण बनेको व्यवसायीहरूले बताएका छन्।



