काठमाडौँ – सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बोलाएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ र धुनीवेशीका मेयर बालकृष्ण आचायलाई मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएका हुन् ।
र्
ककनी गाउँपालिका अध्यक्ष तामाङले बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न निमन्त्रणा गरेका बताएका छन् ।
तामाङले भने, “मन्त्रीज्युको निमन्त्रणामा आएका हौँ । धुनीवेशीका मेयर बालकृष्ण आचार्य पनि आउँदै हुनुहुन्छ । म मन्त्रालयमै आइसकेँ, अरू जनप्रतिनिधिहरू पनि आउँछन् । फोहोर व्यवस्थापनसम्बन्धी निर्णायक वार्ता गर्ने तयारीमा छौँ ।”
मन्त्रालयमा हुने यो छलफलले फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान र ल्याण्डफिल साइट सञ्चालनलाई प्रभावकारी बनाउनका लागि निर्णय गरिने मन्त्रालयले जनाएको छ ।



