काठमाडौँ — मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक भएका छन्। बैठकले विभिन्न २७ निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले जेन–जी प्रदर्शनका सहिदका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ २३ गतेलाई जेन–जी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
यसैगरी, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने, जेन–जी आन्दोलनमा क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्नेलगायतका निर्णय भएका छन्।
हेर्नुस् निर्णयहरू :






