चिसो बढेपछि जनकपुरधाम र वीरगञ्जमा आजदेखि ४ दिन विद्यालय बन्द

काठमाडौं – चिसो अत्यधिक बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि थप चार दिन विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै आइतबारदेखि पुस १६ गतेसम्म सबै विद्यालय बन्द रहने जनाएको हो । सो बिदा सरकारी तथा सामुदायिक सबै विद्यालयमा लागू हुनेछ ।

यसैगरी, वीरगञ्ज महानगरपालिकाले पनि जाडो बिदा थप गरेको छ । महानगरपालिकाका अनुसार आइतबार र सोमबार गरी दुई दिन थप जाडो बिदा दिइएको हो ।

दुवै स्थानीय तहले चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालय बिदा थप गरिएको जनाएका छन् ।