काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट दिए राजीनामा

काठमाडौँ, – काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

पाण्डेका अनुसार, “चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ, ३ गतेसम्म बहाल रहन्छु,” उनले भने ।

उनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन्।