ललितपुर – अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकीछन् ।
उपाध्यक्ष गोलेले मासिक तलब–भत्तालाई ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा र स्वास्थ्य स्वयंसेविकालाई सहयोगका लागि खर्च गरिने जानकारी दिईन् ।
त्यसैगरी, उनले प्रयोग गर्दै आएकोएको सरकारी सवारीसाधनलाई सामाजिक सेवामा प्रयोग गरी परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक र अति विपन्न अपाङ्ग नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन सहज बनाउने निर्णय गर्नु भएको छ ।
उपाध्यक्ष गोलेले भनिन्, “मासिक वृद्धभत्ता लिन पालिकाको बैंकसम्म पुग्न कठिनाइ भएकालाई सरकारी सवारीसाधन प्रयोग गरेर सेवा पुग्नेछ। कुनै समस्या परेमा खुलेर भन्नुस्, दुःख–पीडामा सधैं तपाईंको साथमा हुनेछ ु।”
महाङ्काल गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वडाअध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरेर सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने जनाएको छ ।



