काठमाडौँ – शनिबार कपन, बालुवाखानीस्थित घरबाट कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका छन् । प्रहरीले उनलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा नियन्त्रणमा लिएको छ र अनुसन्धानको म्याद थप गरी अनुसन्धान अघि बढाइने भएको छ ।
यसअघि अमेरिका बस्दै आएकी संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेमाथि आफूलाई जगरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । तर, प्रहरीले जनाएको छ कि उक्त आरोपको आधारमा तत्काल जबरजस्ती करणीको कारवाही अघि नबढेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, सामाजिक सञ्जालको आधारमा पक्राउ गरिएको यो घटना अनुसन्धानका लागि चुनौतीपूर्ण छ। पीडित वा सरोकारवालाले जाहेरी दर्ता गरेपछि मात्र मुद्दा अघि बढ्ने प्रावधान रहेको छ ।
फौजदारी अपराध संहिताको दफा २ अनुसार, नेपाली नागरिकले अर्को नेपाली नागरिकमाथि अपराध गरेमा, वारदात जहाँ भए पनि नेपालमा मुद्दा चलाउन सकिने व्यवस्था छ। एसएसपी थापाले बताए अनुसार, तत्कालका लागि बलेविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिनेछ र उनलाई सुरक्षाको दृष्टिले हिरासतमा राखिएको छ।



