काठमाडौं – प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित डोलप्रसाद (डीपी) अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा भएको केहीबेरपछि उनी पद बहालमा फर्किएका हुन् । यससँगै अर्यालले आफ्नो नयाँ कार्यकाल सुरु गरेका छन् ।



