काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी आरोपहरू भ्रामक भएको दाबी गरेका छन्।
देउवाले आफ्नो सम्पत्तिको यथार्थ विवरण आफू सार्वजनिक पदमा रहँदा नै सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको उल्लेख गरेका छन्।
वक्तव्यमा उनले आफ्नो सार्वजनिक जीवन पारदर्शी रहेको उल्लेख गर्दै आफ्नो जीवनलाई “खुला पुस्तक” जस्तै भएको बताएका छन् । वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने पनि उनले बताएका छन्।
“अतिरञ्जना गरेर सार्वजनिक गरिएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,” देउवाले वक्तव्यमा भनेका छन्।



