बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?

काठमाडौँ — नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढ्दै तीन लाख एक हजार रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि हुँदै पाँच हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।