काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन्।
प्रहरीको आग्रहपछि कठायत प्रहरी जवानमाथि नै जाइलागेको र हातपात गरेको आरोप छ। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



