भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गरिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयमा दुवै देशबीच संवाद आवश्यक रहेको बताए । उनले यो विषय समाधानका लागि सरकार निरन्तर प्रयासरत रहेको पनि जानकारी दिए।

प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि सीमा सम्बन्धी अध्ययन गर्दा नेपालले पनि भारततर्फ केही स्थानमा भूमि अतिक्रमण गरेको विषय देखिएको उल्लेख गरे।

“म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,” उनले संसद्मा भने, “यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ।”

प्रधानमन्त्री शाहका अनुसार सीमा विवाद समाधानका लागि दुवै देशबीचको कूटनीतिक संवाद नै मुख्य बाटो हुने र त्यसैमार्फत दीर्घकालीन समाधान खोजिने सरकारको नीति रहेको छ।