समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने खजुरा गाउँपालिकाको निर्णय

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समयसम्म पनि सुधार नदेखिएको तथा काम सम्पन्न गर्नतर्फ निर्माण व्यवसायीले अग्रसरता नदेखाएकाले पाँच वटा योजनाको ठेक्का सम्झौता रद्द गरिएको हो ।

गाउँपालिकाले विभिन्न वडामा सञ्चालन हुने विकास योजनाका लागि ब्mबल ऋयलकतचगअतष्यल सँग गरेका सबै पाँच वटा ठेक्का सम्झौता रद्द गरेको हो ।

खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्ने योजनाका लागि २०७७ फागुन १२ गते ठेक्का सम्झौता गरिएको थियो। निर्माण व्यवसायीले २०७८ जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा नभएको बताइएको छ।

उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ।

यसैगरी, एनआईसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नति लगायतका योजनाहरू पनि वर्षौंदेखि अधुरै रहेका छन्।

पालिकाले सबै पाँच ठेक्का अन्त्य गर्ने निर्णय गर्दै कालोसूचीमा किन नराख्ने भन्दै गत मङ्सिर २ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो।

सूचनापछि पनि सम्झौताअनुसार काम अगाडि बढाउने विश्वसनीय आधार पेश गर्न नसकिएकाले ठेक्का रद्द गरिएको गाउँपालिकाले जनाएको छ।