बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक जारी, सहमति जुटे माघव नेपाल राष्ट्रपति बन्ने

काठमाडौं, फागुन १२ गते । राष्ट्रपति निर्वाचनका बारेमा चार दलहरु शिर्ष नेताहबिच छलफल जारी छ । छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा जारी छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवासमा सो दलहरुबिच वालुवाटारमा सहमतिको प¥यास जारी छ । सो दलबीच सहमति जुटेपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति बन्ने निश्चित देखिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेतृत्वको उपस्थिति रहेको छ ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शिर्ष नेताहरुको बैठक सुरु भएको हो ।