सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

काठमाडौं, फागुन १२ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त हुनुभएको छ ।

दुई दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । यसअघि उहाँ नेपाल टेलिभिजनको अनलाइन समाचार सम्पादक हुनुहुन्थ्यो ।

मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसक्नुभएका अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गर्नुभएको थियो ।

मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भइसक्नु भएको छ ।

सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त हुनुभएको छ । ‘सभामुखले आधिकारीलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको हो ।

अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ । उहाँसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।