प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं – प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक पुनः स्थगित भएको छ। अब बैठक असार १३ गते शनिबार दिउँसो बस्ने भएको छ।

सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम आज दिउँसो १ बजेका लागि निर्धारित बैठक स्थगित गरी शनिबारका लागि सारेकाे जानकारी दिएका हुन् ।

यसअघि पनि असार ११ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक सूचना जारी गर्दै स्थगित गरिएको थियो। लगातार दोस्रो पटक बैठक सारिएको हो।

यसबीच चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएकाले प्रतिनिधिसभाको बैठक प्रभावित भएको अनुमान गरिएको छ। यद्यपि, संसद् सचिवालयले बैठक स्थगित गर्नुको औपचारिक कारण भने खुलाएको छैन।