
काठमाडौं , फागुन १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । सभामुख घिमिरेको राष्ट्रपतिसँग मंगलबार पहिलो भेट भएको हो ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनुभएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाकारी दिनुभयो ।
आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।
आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।