छक्कापञ्जाका दिपकराज र छडकेका अनमोलको एक अर्कालाइ शुभकामना

काठमाडौं, फुगनु १९ गते । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशक बिच सद्यै लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छडके– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा–४ र छडके–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य मध्ये एक रहन पुगेको छ ।

फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दिपकराज गिरीले छडकेलाई शुभकामना दिए भने छडकेका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिनुभएको छ । बिहिवार साँझ दुवैले सामाजिक सञ्जालवाट शुभकामना दिए पछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन ।

गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन र दुबैले एक अर्कालाई शुभकामना पनि दिएका छन ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्,

‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलि देखि तपाईहरु समक्ष प्रर्दशनमा आईरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाई दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो ।
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन,

अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ,
भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुदैछ,
धेरैले किन जुधेको भनेर पनि सोधे,
यो सॉढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दूबै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना
जय नेपाली चलचित्र !!