डढेलो न्यूनीकरण तथा रोकथामका लागि छलफल

काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण डढेलो रोखथामका लागि वन विभागका उच्च अधिकारीहरुसँग छलफल गरेको छ । लामो समयसम्म वर्षा र हिमपात नहुँदा वन जङगलमा डढेलोको प्रकोप बढेको छ ।

वन डढेलोका जोखिमको न्यूनीकरण तथा रोकथामका लागि सम्बन्धीत निकायाहरुले गर्नुपर्ने तयारी एवं आवश्यक समन्वयका लागि प्राधिकरणले वन विभागका महानिर्देशकसहितका अधिकारीहरुसँग आईतबार छलफल गरेको प्राधिकरणले जनाएको छ ।

यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकोले पनि वन डढेलाका घटनाहरुको जोखिम अधिक रहेको छ । विभिन्न जिल्लामा डढेलो भईरहेको पनि छ ।