सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न मेयर साहको आग्रह

काठमाडौं, माघ १२ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बिहिबार दिउँसो गृह गृहमन्त्री लामिछानेसँग एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोलीका भेट्न बार्ता भएको थियो ।

मन्त्रालयका एक अधिकारीका अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाउनुभएको थियो ।

उहाँले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गर्नुभएको थियो । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताउनुभयो ।

बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।

छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताउनुभयो ।
तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
बस्तीको विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णयतर्फ जानुपर्ने लामिछानेको धारणा छ ।