’म मतदाता प्रति आशावादी र सकारात्मक छु’ राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

काठमाडौं, २५ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु आशावादी र सकारात्मक भएका बताउनुभयो ।

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहनुभएका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्चाननमा सकारात्मक रहेको बताउनुभयो ।

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै भन्नुभयो। उहाँले मत खसालेका छन ।