उपराष्ट्रपति पदमा चार जनाकै उम्मेदवारी कायम

काठमाडौं, फागुन २८ गते । उपराष्ट्रपति पदमा चारैजनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले भर्खरैमात्र उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी गरेर तीनजना र नेकपा (एमाले) को तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेकोमा चारैजनाको उम्मेदवारी कायम भएको निवाचन अधिकृतको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

यसअघि शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादनविरुद्ध उजुरी परेको थियो । उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी पनि कायम गरेको छ । १० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।

जसपाले प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने बताएको छ ।