निश्कर्षविहीन सकियो १० दलको बैठक, उपराष्ट्रपतिको उम्मेदवारका लागि बालुवाटारमा जुटेन सहमति

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी ९जसपा० का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा १० दलको बैठक बसेको थियो । बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’