उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी

काठमाडौं, चैत ३ गते । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी हुनुभएको हो । उहाँले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाउनुभयो ।

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाउनुभयो ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाउनुभयो । तर, उहाँले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो ।

निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।