प्रधानमन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरूको सामूहिक छलफल जारी

काठमाडौं, माघ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरिरहनुभएको छ ।

दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विभिन्न विधेयक सम्बन्धि छलफलमा सहभागी हुनभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।