जनप्रतिनिधिका प्रतिबद्धता पूरा हुन ९ महिना लाग्ने

महोत्तरी, चैत १० गते । बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पदभार ग्रहण गरेको पहिलो दिनमा नगरको गाडी प्रयोग नगर्ने घोषणा गर्नुभयो ।

तर केही समयपछी नगरको गाडीलाई एम्बुलेन्स वनाउने र आफ्नै नीजि गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख क्षेत्री आफ्नै प्रतिबद्धतामाथी डगमगाउनुभयो ।

प्रतिबद्धताका वावजुत पनि पुनः नगरकै गाडी प्रयोग गरेको भेटिएपछी नगरप्रमुख क्षेत्रीको जताततै आलोचना भइरहेको छ । अघिल्ला नगरप्रमुखले चढ्दै आएको गाडीलाई एम्बुलेन्स वनाउने घोषणा गर्नुभएको उहाँले विभिन्न सरकारी कार्यालय अर्थात मन्त्रालय जादा सरकारी नम्बर प्लेटको गाडी नै चाहिने महसुस गर्नुभयो । केही समय प्रयोग पनि गनुभयो ।

तर एउटा सरकार प्रमुखले जन्तासामु गरेको प्रतिबद्धता कति धेरै महँगो पर्दो रहेछ भन्ने बर्दिबास नगरपालिकाका नगरप्रमुख क्षेत्री आफैले प्रमाणित गनुभयो ।

प्राथमिकतामा राखेको पहिलो प्रतिबद्धता पूरा गर्न नगरप्रमुख क्षेत्रीलाई ९ महिना लागेको छ । जताततै आलोचना आएपछी निर्वाचित भएको ९ महिनापछी नगरप्रमुख क्षेत्रीले नगरप्रमुखले चढने गाडी बिहीबार बर्दिबास अस्पताललाई हस्तान्तरण गनुभयो ।

नगरप्रमुख क्षेत्रीले एक कार्यक्रमका बिच बा २ झ ३७६१ नम्बर प्लेटको गाडी बर्दिबास अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष जयनारायण सर्मालाइ हस्तान्तरण गर्नुभएको हो ।

अवदेखी नगरप्रमुख क्षेत्री आफ्नै नीजि गाडी न.३७८० मा सवार गर्नुहुने छ । अस्पतालका कर्मचारी र वडाका बिरामी बोक्न छिटोछरितो हुने भएकाले अस्पताललाई हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताउनुभयो ।

सस्तो लोकप्रियताका लागी एम्बुलेन्स वनाउने निर्णयमा सुरुदेखी आलोचना खेप्दै आउनुभएको नगरप्रमुख क्षेत्रीले सामान्य निर्णय समेत कार्यान्वयन गर्न नसकेको भन्दै सर्वसाधारणले प्रश्न उठाएका थिए ।