खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगञ्ज, चैत १५ गते । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले तहगत दरबन्दी नभएका एक दर्जन स्कुल रहेको बताउनुभयो । उहाँले मावि र निमाविमा दरबन्दी अभाव रहेको जानकारी दिनुभयो ।

पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन् ।

माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ ।