अवैध रुपमा ग्राभेल उत्खनन गर्ने टिप्पर र जेसीभी नियन्त्रनमा, जनप्रतिनिधि र स्थानीय तह मौन

सिरहा, चैत २१ गते । अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ नेपाली सेनाको २७ नम्वर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा उत्खन्न गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रनमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिनुयभो । उहाँका अनुसार ‘सूचना पाउनासाथ प्रहरीको टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लिएका छन् ।

उहाँले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो । ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रुपमा रातिको समयमा उत्खनन गर्न नपाईने उहाँको भनाई छ । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । ।’

खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमखु जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरुले जनप्रतिनिधिहरुलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरुको ओरोप छ ।

गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा समेत जनप्रतिनिधि र स्थानीय सरकार मौन छन् । उहाँहरु मौन देखिदा मिलेमत्तोको पुष्टि भएको स्थानीय युवाहरु बताउछन् ।

नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो त्यस्तो उत्खनन् भएको आफूलाई जानकारी नै नभएको बताउनुहुन्छ । ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि नआएको उहाँले बताउनुभयो ।’ प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन ।

वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन् गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा समेत वन अधिकारी पनि मौन देखिन्छन् ।