पोखरा महानगर – १८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा, चैत २१ गते । पोखरा महानगरपालिका वडा नं. १८ मा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको वडाध्यक्ष पदको पुनः मतगणना गर्न आदेश दिएको हो ।

मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुनः गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।