राजनीतिक दलको नेतृत्व प्रति मेयर बालेन शाहको असन्तुष्टी

काठमाडौं, चैत २५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गर्नुभएको छ ।

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गर्नुभएको हो ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उहाँले फेसबुकमा लेख्नुभएको छ , ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’