मुख प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

महोत्तरी, बैशाख ६ गते । महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन् । कार्यापालिकाको बैठक बसिरहेको उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै कमार्चारीहरूले विरोध जनाउदै आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गर्नुभएको उपप्रमुख देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोत्तल प्रहार गर्नुभएको थियो ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले घटनामा सग्लन व्यक्तिहरु र उप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उहाँहरुले घोषणा गरेका छन् ।