तस्विरमा हेर्नुहाेस नेपालगञ्ज विमानस्थल

  • तस्विर : धमर्लाल सुनार 

बाँके, बैशाख २१ गते । नेपालगञ्ज विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने त्यस क्षेत्रको अति महत्त्वपूर्ण विमानस्थल हो । यो विमानस्थलको नाम बाँके जिल्लाको नेपालगञ्ज नगरको नामबाट राखीएको हो ।

यो विमानस्थल नेपालगञ्ज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ ।
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा देशको राजधानी काठमाडौँ लगायत देशका पहाडी र हिमाली क्षेत्रमा छ । यहाँबाट प्रमुख पर्यटकीय क्षेत्र रारा स्थिित ताल्चा विमानस्थमा पनि उडान सेवा गर्दै आएको छ ।

त्यस्तै जुम्मा, हुम्ला, बाजुरा, डोल्पा, साँफेबगर लगायतका जिल्लाहरुमा उडान सेवा दिदै आएको छ ।