समचार संप्रेषण गर्न संसद सचिवालयले रोक्ने स्थिति आउने दिने छैनौ : सभामुख

काठमाडौं, माघ १६ गते । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई रिपोर्टिङ गने सहज वातावरण बनाउने बताउनुभयो । सोमबार संसदमा रिपोर्टिङ गर्ने पत्रकारहरुसँग परिचयात्मक तथा भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरणको व्यवस्था गर्ने बताउनुभएको हो ।

उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाई छ । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभएको छ । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाई छ ।